JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीमा कञ्चन गोल्ड कप फागुन १३ गते देखि शुरु

रुपन्देहीमा कञ्चन गोल्ड कप फागुन १३ गते देखि शुरु

८ फागुन, कञ्चन
यही फागुन १३ गते देखि रुपन्देहीको कञ्चन गाउपालिकामा कञ्चन गोल्ड कप सञ्चालन हुने भएको छ। हिमाल सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीको आयोजनामा नियमित श्रृंखलाको रुपमा कञ्चन गोल्ड कप हुन लागेको हो ।
११ औं संस्करण सम्म हिमालय गोल्ड कपको रुपमा सञ्चालन गर्दै आएको हिमालय सामुदायिक बिकास केन्द्रले गत बर्ष प्रथम कञ्चन अध्यक्ष गोल्डकपको रुपमा सञ्चालन गरेको थियो । हरेक बर्ष महाशिवरात्रीको अवसर पारेर संचालन गर्दै आएको यस बर्षको प्रतियोगितालाई आयोजकले कञ्चन गोलड कपको रुपमा सञ्चालन गर्न लागेको क्लवका सचिव तथा खेल संयोजक टीका थापा मगरले जानकारी दिनुभएको छ। यही फागुन १३ गतेदेखि फागुन २१ गते सम्म संचालन हुन लागेको उक्त गोल्ड कपमा बिजेता टिमले १ लाख ५१  हजार रुपैया सहित गोल्डकप प्राप्त गर्ने छ भने उपविजेता टिमले १लाख रुपैया प्राप्त गर्ने छ।
बिगतका प्रतियोगिताहरुमा देशभरका उत्कृष्ट १६ फुटवल टिमहरुले सहभागिता जनाउदै आएकोमा यस बर्ष उत्कृष्ट ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा फर्साटिकर एफ.सी., फोर ब्रोडर्स, नवलपरासी, भैरव एफ.सी. नवलपरासी, सैनामैना ११, कपिलबस्तु ११, कञ्चन ११, डि.एम.सी. तुल्सीपुर र एन्फा एकेडेमी गरी ८
फुटवल टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएकोछ।
यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट ४ खेलाडीहरुलाई जनही ५ हजार १ सय रुपैयाका दरले पुस्कार को ब्यबस्था पनि गरिएको हिमालय सामुदायिक बिकास केन्द्रका सचिव तथा खेल संयोजक टीका थापाले जानकारी दिनुभएको छ । खेल अवधीभर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर र सर्वाधिक गोलकर्ता गरी ४ जानलाई  बिधागत रुपमा पुरस्कार प्राप्त गर्ने छन। हिमालय सामुदायिक बिकास केन्द्रको खेलमैदानमा हुने प्रतियोगिता हुने छ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij