गृहमन्त्रीलाई ओलीको जवाफ : एमाले अडानबाट ‘ब्याक’ हुँदैन

गृहमन्त्रीलाई ओलीको जवाफ : एमाले अडानबाट ‘ब्याक’ हुँदैन

ओलीलाई भेट्नुअघि खाँणले प्रचण्डसँग पनि गरे छलफल

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग परियोजना एमसिसी पास गराउन सहयोग गर्न आग्रह गरेका छन्।

 

 

ओलीनिवास बालकोट पुगेर गृहमन्त्री खाँणले ओलीलाई संसदको अवरोध हटाएर एमसिसी पास गर्न सहयोग गर्न आग्रह गरेका हुन्। तर, ओलीले आफ्नो अडानबाट पछि हट्न नसक्ने जवाफ दिएको  जानकारी दिए।

‘तपाईंहरूले संसदमा सबैभन्दा ठूलो दल एमालेलाई उपस्थितिको वातावरण बनाउनुभएको छैन। पहिला त्यो वातावरणको तय गर्नुस्। कुनै पार्टीलाई एउटा हामीलाई फरक कानुन किन लगाउनुभयो?

ओलीले गृहमन्त्री खाँणलाई एमसिसीको विषयमा सत्ता गठबन्धनबाट स्पष्ट धारणा आएपछि एमालेले आफ्नो निर्णय गर्ने जवाफ दिएको उनले बताए।

गृहमन्त्री खाँणले ओली भेट्न बालकोट जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। प्रचण्डसँग समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श भएको गृहमन्त्री सचिवालयले जनाएको छ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ। एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ।

सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ। एमसिसीका बारेमा सत्ता गठबन्धनमा मतभेद भइरहेका बेला एमाले र कांग्रेसबीच निरन्तर छलफल चलिरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न हिजो अध्यक्ष ओली प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। ओलीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न आफूलाई साथ दिन आग्रह गरेका थिए। तर, एमालेले संसदमा आफ्ना माग पूरा नगरेसम्म संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएको छ। ओली प्रधानमन्त्री देउवा भेट्न जानुअघि अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग बालकोटमा भेटवार्ता गरेका थिए।

प्रतिनिधिसभाको आगामी  बैठक फागुन १२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij