कांग्रेस र एमालेबीचको वार्ता बिना निष्कर्ष टुंगियो

कांग्रेस र एमालेबीचको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौं

नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच शनिबारको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छलफलमा दुबै दलका नेताहरू आ(आफ्नै अडानमा रहेकाले कुनै ठोस निर्णय नभएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।

पोखरेलले एमसिसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने एमालेले कुरा राखेको बताए। उनले भने, ुजबसम्म सरकार र सत्ता गठबन्धनको धारणा आउँदैन तबसम्म प्रतिपक्षको धारणाको अर्थ हुँदैन भनेर हामीले कुरा राखेका छौं।ु

एमालेले कांग्रेससँग संसदमा आफूहरू उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउने दायित्व सरकारको र सत्ता गठबन्धनको भएको जवाफ दिएको छ।

यस्तै बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए। प्रतिनिधिसभालाई सञ्चालन गरेर एमसिसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने कांग्रेसको प्रस्ताव एमालेले स्वीकार नगरेको कार्कीले जानकारी दिए।

शनिबारको छलफलमा कांग्रेसका तर्फबाट मन्त्री कार्कीसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए।

 

प्रकाशित मिति : शनिबार, फाल्गुन १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij