काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार सात सय १० जनाको नमुना परीक्षण गर्दा एक दशमलव १४ प्रतिशत अर्थात् एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय १५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार चार सय १३ जना पुगेको छ ।
यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार नौ सय ३५ जनाकाे ज्यान गएकाे छ ।
नेपालमा अहिले आठ हजार पाँच सय १७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४१ हजार तीन सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्