स्थानीय तह निर्वाचन : मतदाता नामावलीमा दाबी विरोध आह्वान

स्थानीय तह निर्वाचन : मतदाता नामावलीमा दाबी विरोध आह्वान

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्ने छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उक्त समयसीमाभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न पनि निवेदन दिन पाइने छ ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij