विद्यालयको स्टोर कोठामा आगजनी

विद्यालयको स्टोर कोठामा आगजनी

बुटवल-सहिद स्मृती आधारभूत विद्यालय बुटवल–११ को स्टोर कोठामा आगजनी गरिएको छ । बिहीबार दिउँसो अपरिचित व्यक्ति विद्यालयको कम्पाउन्डभित्र प्रवेश गरी आगजनी गरेको स्थानीयले बताएका छन् ।
आगजनीबाट स्टोर कोठामा रहेका विभिन्न शैक्षिक सामग्री, फाईलहरु, विभिन्न भौतिक संरचनालगायतका सामग्री जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक प्रकाश गौतमले जानकारी दिए ।
आगजनी कसले र किन ग¥यो भन्ने बारेमा थाहा हुन नसकेको उनले बताए । आगजनीबाट करिव चार लाख रुपियाँको क्षति भएको विद्यालयले जनाएको छ । बिहीबार विदाको दिनमा आगजनी गरिएकाले विद्यालयमा कर्मचारी, शिक्षक कोही पनि थिएनन् । विद्यालयमा आगजनी भएको देखेपछि स्थानीयले विद्यालय परिवारलाई खवर गरेका थिए । स्थानीय अभिभावक, बुिद्वजीवि, जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा प्रहरीको सहयोगबाट आगो नियन्त्रणमा लिइएको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij