पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, भालेबासमा आइतबार बसले स्कुटीलाई ठक्कर दिँदा २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको छ ।
विपरीत दिशाबाट आएको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ७७ प २२०२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा माथागढी गाउँपालिका–२, खहरेका सारुको मृत्यु भएको हो ।
बसको ठक्करबाट स्कुटी चालक गम्भीर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्