काठमाडौं ।
देशभर थप ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६ जना तथा एन्टिजेन विधिबाट २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५९ हजार ४६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८।१ प्रतिशत रहेको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ६ हजार १५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९४८ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा थप २ लाख ३३ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्