भलवारी जेसिस द्वारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

भलवारी जेसिस द्वारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा ७ भलवारीमा रहेको भलवारी जेसिसले स्वागत तथा सम्मान कार्यक्रम सम्प्न्न गरेको छ । तिलोत्तमाको बोधि भिल्लामा संचालित कार्यक्रममा भलवारी जेसिस २०२२ का अध्यक्ष जेसि किशोर पङ्गेनिको सभापतित्वमा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउनुभएका महिला ब्यक्तित्वहरुलाइ सम्मान गरेको हो । जेसिस ले नेपाल प्रेस युनियन अध्यक्ष महिला पत्रकार रेखा भुसाल , प्रजातान्त्रिक योद्धा सहिद यादवनाथ आलोक धर्मपत्नी तथा पुर्व महिला नेत्री सितालक्ष्मि न्यौपाने र रामचन्द्र मैनादेवी अनाथाश्रम अध्यक्ष मैनादेवी भण्डारीलाई सम्मान गरेको हो । सामाजिक परिवर्तन मा बिशेष योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । कार्यक्रम मा स्वागत मन्तव्य राख्दै रुपन्देही प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जेसिसले हरेक क्षेत्रमा सामाजिक योगदान पुर्याएकोले यस्ता सस्थाहरुको आवस्यकता समाज मा रहेको औल्याउँनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिस पुर्व राष्ट्रिय उपाध्यक्ष जेसि सुरज पङ्गेनिले जेसिसले गरेका सकारात्मक कार्यहरूको बर्णन गर्नुभएको थियो । लोकनाथ खनालको संयोजकता मा आयोजना भएको कार्यक्रमको संचालन महासचिव जेसि जीवन भट्टराईले गर्नुभएको थियो भने जेसि मुक्तिनाथ गैह्रेले सहजकर्ता को भुमिका निर्वाह गर्नुभएको थियो । सम्मान संगै जेसिसले शुक्रबारदेखि ३ दिने पब्लिक स्पिकिङ प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेको छ जस्को प्रशिक्षण प्रेरक वक्ता राजेस पान्डेले गर्नुभएको छ । कार्यक्रममा जेसिस सदस्य हरु साथै विभिन्न प्रशिक्षार्थी हरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij