भारतको सहयोगमा युक्रेनबाट चार नेपाली स्वदेश आइपुगे

भारतको सहयोगमा युक्रेनबाट चार नेपाली स्वदेश आइपुगे

काठमाण्डौ ।

 

युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगेका छन् । भारत सरकारको सहयोगमा चार जना नेपाली आज काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फर्काउने क्रममा चार जना नेपालीलाई पनि उद्धार गरेर ल्याएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा ट्वीटरमार्फत् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद दिनुभएको छ ।

रुस र युक्रेनबीचको युद्धका कारण अहिले विभिन्न देशले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काइरहेका छन् । यूक्रेनबाट अहिलेसम्म पाँच सय ८४ जना नेपाली बाहिरीएका छन् । यो बाहेक युक्रेनमा नेपाली नागरिक भए नभएको बारे तथ्याङक नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार युक्रेनबाट नेपालीहरु विभिन्न देशमा गएका भए पनि नेपाल आएपुगेको औपचारिक जानकारी भने चार जनाको मात्रै रहेको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij