रोहिणी गाउँपालिकामा एक हजार बढी कांग्रेसमा प्रवेश

रोहिणी गाउँपालिकामा एक हजार बढी कांग्रेसमा प्रवेश

 

रुपन्देही,

गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेकपा एमाले रोहिणी गाउँपालिकाका सचिव भोला क्षेत्री (राजाबाबु) सहित एक हजार बढी कांग्रेसमा प्रवेश गराउनु भएको छ । कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १,रुपन्देहीको आयोजनामा धकधईमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्न आएका गृहमन्त्री खाँणले एमालेका रोहिणी गाउँपालिका कमिटी सचिव क्षेत्री, एमाले रोहिणी गाउँपालिका–३ का अध्यक्ष पवि क्षेत्री, एमाले रोहिणी गाउँपालिका वडा नम्बर ३ का सचिव राजकिशोर त्रिपाठी, सह–सचिव धर्मदेवी प्रजापति, वडा नम्बर २ का सचिव जाहिर खान तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य पार्टी परित्याग गरी करिब एक हजार भन्दा बढीलाई कांग्रेसमा प्रवेश गराउनु भएको हो

सोही कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले जनताको पार्टी कांग्रेस भएको दावी गर्दै अबको निकास कांग्रेसबाहेक अरु कुनै पार्टीले दिन नसक्ने बताउनुभयो । लोकतन्त्रलाई संस्थागत गर्न र आमजनताको अधिकार सुनिश्चित गर्न सदैव लागिरहेको तर्क गर्दै गृहमन्त्री खाँणले कांग्रेसमा आउनेको जनलहर चलिरहेको बताउनुभयो। राष्ट्रियताको पक्षमा सडक र सदनबाट आवाज उठाउने पार्टी भएकै कारण कांग्रेसलाई रुचाइएको समेत बताउनुभयो  प्रसंगमा बोल्दै खाँणले एमसीसी देशका लागी हितकार भएको दावी गर्नुभयो । उहाँले यो परियोजनाले राष्ट्रियता बलियो बनाउने बताउँदै नेपालको विकासमा ठूलो आधारशिला तयार पार्ने जिकिर गर्नु भयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री अब्दुल रज्जाकले कम्युनिष्टहरुले जनतामाझ भ्रमको खेती गरिरहेको बबताउनुभयो । तत्कालीन केपी शर्मा ओलीको सरकारले संविधान विरोधी काम गरेर भ्रष्टाचार गरेको आरोप लगाउँदै व्यक्तिगत र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताउनुभयो जिल्ला सभापति रामकृष्ण खाँणले आगामी हुने चुनावमा कांग्रेसको जित सुनिश्चित हुन थालेपछि एमालेका अध्यक्ष के.पी ओलीले जताततै हरियो देख्न थालेको बताउनुभयो चुनाव हारको परिणाम देख्नुपर्छ भनेर अहिलेदेखि नै एमाले अत्तालिएको आरोप समेत सभापति खाँणले लगाउनुभयो।

कांग्रेस क्षेत्र नम्बर १ का सभापति हिरा बहादुर खत्रीले युवादेखि वृद्धासम्म कांग्रेसमा आउनेको संख्या बढिरहेकोले आउने चुनावमा कांग्रेसको जित हुने र जनताको सेवक बन्न पाइने भन्दै खुसी व्यक्त गर्नुभयो ।

कांग्रेस क्षेत्र नम्बर १ रुपन्देहीका सचिवद्धय विजय गुरुङ र बैजनाथ सहानीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो

कार्यक्रममा २ हजार बढीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij