कम्युनिष्टले जनतालाई धोका दिए : पूर्व अर्थराज्यमन्त्री राणा

कम्युनिष्टले जनतालाई धोका दिए : पूर्व अर्थराज्यमन्त्री राणा

 

भैरहवा ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले स्थायी सरकारको नारा लिएर निर्वाचनमा जितेको कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवामा सुरु गरेको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानको भैरहवामा उद्घाटन गर्दै राणाले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिन भन्दा पनि देशको परिस्थितिले सरकारको नेतृत्व गर्नुपरेको बताए ।

उनले पाँच वर्षका लागि जनताले सरकारको नेतृत्व गर्ने अवसर कम्युनिष्ट पार्टीलाई दिए पनि त्यो हुन नसकेको बताए । ‘काँग्रेसले जे बोल्छ त्यही नै गर्छ, यसपटक काँग्रेसलाई जिताउनुपर्छ, यो भनेको नेतालाई होइन, तपाई हामी आफै जित्नुपर्छ, ’उनले भने । उनले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक पालिकाले छुट्टै घोषणापत्र समेत बनाउन आवश्यक रहेको बताए । उनले विगतमा रुपन्देहीमा स्थानीय तह निर्वाचनमा व्यवस्थापन नभएकै कारणले दुईवटा पालिकामात्र काँग्रेसले जितेकोले यसपटक राम्रो व्यवस्थापन मिलाउन सके बहुमत पालिका जित्ने बताए ।

एमसीसी प्रस्ताव नेपालको पूर्वाधार विकासका लागि माग गरिएको नेता राणाले बताए । एमसीसीको विषयमा काँग्रेसका नेताहरुको एउटै धारणा रहेको उनको भनाइ थियो । नेकपा एमाले अध्यक्ष हुँदा एमसीसी प्रस्ताव अगाडी बढे पनि देउवा नेतृत्वको सरकारमा आइसकेपछि टेबुल हुँदै छलफल पश्चात बहुमतबाट पारित भएको उनले बताए । ‘ओली सरकारमा हुँदा जसरी पनि पास गर्नुपर्छ भन्ने कुरा आउँथ्यो, तर त्यही पार्टी विपक्षमा रहँदा बोल्न सकेन, ’उनले भने । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले काँग्रेस हार्दा देश र जनताले दुःख पाउने भन्दै सबै एक भएर काँग्रेसलाई जिताउनुपर्ने बताए ।

एमालेका नेताहरुले एमसीसीबारे फरकफरक धारणा राखेको उनले बताए । काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले सक्रियताका साथ निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे । लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्याल, काँग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य गंगा शाही, रुपन्देही क्षेत्र नम्बर ५ का सभापति वसिउल्ला मुसलमान, ३ का सभापति सुशील गुरुङ, २ का सभापति हरि लम्साल, क्षेत्र नम्बर ३(१)का सभापति सुरेन्द्र जंग राणा, बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे, गैडहवा गाउँपालिका सभापति सत्यनारायण पथिक, तिलोत्तमा–८ का सभापति केशव अर्यालले बोल्दै मुलुकलाई काँग्रेसमय बनाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सभापतित्व, जिल्ला उपसभापति अनिता ढुंगाना शाहको स्वागत तथा सचिव हरि काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान आगामी चैत २९ गतेसम्म चल्ने काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले बताए ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij