अर्घाखाँचीमा तीनै तहकाे चुनावमा गठबन्धन गरेर अघि बढ्ने पाँच दलको सहमति

अर्घाखाँचीमा तीनै तहकाे चुनावमा गठबन्धन गरेर अघि बढ्ने पाँच दलको सहमति

अर्घाखाँची – अर्घाखाँचीमा अब हुने तीनै तहकाे चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने पाँच दलबीच सहमति भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले सन्धिखर्कमा आज साेमवार पत्रकार सम्मेलन गरी स्थानीय, प्रदेश र सङ्घीय चुनावका साथै जिल्लास्तरीय सङ्घ–संस्थाका चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने जानकारी गराएका छन् ।

पाँच दलका शीर्ष नेताहरूको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयाे ।

संयुक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश सदस्य छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शेरबहादुर बिसी, नेकपा समाजवादी का जिल्ला अध्यक्ष रामबहादुर चौहान र जसपाका जिल्ला अध्यक्ष जिन्दक खड्कालगायत उपस्थित थिए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij