सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्दैछ : महासंघ अध्यक्ष पोखरेल

सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्दैछ : महासंघ अध्यक्ष पोखरेल

 

रामेछाप — नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले अभिव्यक्ति स्वतन्त्रताको विरुद्धका कुनै पनि हर्कत स्वीकार गर्न नसक्ने बताएका छन् ।सरकारले  सूचना तथा प्रशारण कानुन मार्फत प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने प्रयास गरिरहेको भन्दै त्यसलाई लिएर अध्यक्ष पोखरेलले आपत्ति जनाएका हुन् ।सूचना र संचारका माध्यम प्रयोग गरेर खोज-अनुसन्धानमा लाग्न भन्नु पर्नेमा संचारमाध्यम नै बन्द गरेर राख्न उद्धत हुने सरकारको रबैया ठीक नभएको उनले औंल्याएका थिए । ‘सरकारमा को छ भन्नेसँग हैन, सरकारले के गरिरहेको छ भन्ने कुरा हेरेर हामी धारणा बनाउछौं’ पोखरेलले भने, ‘यस मुद्दालाई हामी छोड्नेवाला छैनौं ।’

मंगलबार रामेछापको मन्थलीमा आयोजित नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको तेश्रो बैठकमा अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले सरकारको यस्तो गतिविधि विरुद्ध नेपाल पत्रकार महासंघ जस्तोसुकै कडा आन्दोलन गर्नुपरे पनि पछि नपर्ने चेतावनी दिए ।

प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले प्रदेश समितिले पत्रकारहरुका साझा समस्याको समाधानका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको र संस्थागत विकासलाई पनि सँगै लगेको बताए

कार्यक्रममा केन्द्रीय सदस्य रमेश खतिवडाले पत्रकारहरूका विभिन्न समस्यामा साझा धारणा बनाएर लाग्नु पर्ने आवश्यक्ता रहेको औंल्याए । २ दिनसम्म सञ्चालन हुने प्रदेश बैठकले विभिन्न विषयमा छलफल तथा प्रदेश भेला तथा साधारण सभाको तय गर्ने बताइएको छ

प्रकाशित मिति : मंगलबार, चैत्र १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij