रुपन्देहीको तिलोत्तमा वडा नं ३मा महिला संघ र तरुण दल गठन 

रुपन्देहीको तिलोत्तमा वडा नं ३मा महिला संघ र तरुण दल गठन 

 

तिलोत्तमा,

नेपाली कांग्रेसले शुरु गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान अन्तर्गत नेपाली कांग्रेस वडा कार्यसमिति तिलोत्तमा नगरपालिका वडा नम्वर ३ ले नेपाल महिला संघ र नेपाल तरुणदल गठन गरेको छ । वडा समितिले पार्टी संगठनलाई थप मजवुत र क्रियाशिल बनाउन हिरा पौडेलअधिकारीको संयोजकत्वमा २८ सदस्यिय वडा स्तरीय महिला संघ र अमृत पाण्डेको संयोजकत्वमा तरुणदल गठन गरिएको वडा सभापति केशरी पाण्डेले बताउनु भयो ।

वडा अन्तर्गतका टोल विकास समितिको अधिबेशन सम्पन्न गरे लगत्तै नेपाली कांग्रेसले शुरु गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल पार्न र आगामी निर्वाचनमा वडामा नेपाली कांग्रेसलाई विजयी वनाउन वडा समिति क्रियाशिल रहेको सभापति पाण्डेले बताउनु भयो ।

अभियान अन्तर्गत शनिबार वडा कार्यसमितिले आयोजना गरेको नेपाल महिला संघ, नेपाल तरुण दल गठन तथा बिशेष कार्यकर्ता भेलाको उद्घाटन गर्दै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले निर्वाचनबाट पुरानो, ऐतिहासिक र जनताको पार्टी नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो । जनताले कम्युनिष्ट पार्टीलाई दुई तिहाईको बहुमत सहित सत्ता सुम्पिए पनि कम्युनिष्टले सत्ता टिकाउन नसकेर संसद भंग गर्ने र प्रतिपक्षमा भए संसद चल्न नदिई हलो अड्काएर गोरु चुट्ने काम गरेकाले यो निर्वाचनमा जनताले जनताको पार्टी कांग्रेसलाई विजयी बनाउने विश्वास ब्यक्त गर्नुभयो । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले चैत २९ गतेसम्म घर घर जाऔं, कांग्रेस जिताऔँ अभियान सञ्चालन गरेको भन्दै उहांले मान्छे जम्मा गरेर होइन घर घरमा पुगेर कांग्रेसले गरेका उपलब्धि र कम्युसिनष्ट सरकारले गरेका विसंगतिका बारेमा जनतालाई बुझाउन आग्रह गर्नुभयो ।

वडा सभापति केशरी पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा महिला संघ रुपन्देहीका सभापति गंगा शाही, महासमिति सदस्य चित्र केसी, कांग्रेसका निवर्तमान जिल्ला सदस्य हरि प्रसाद तिवारी, महाधिबेशन प्रतिनिधि चिरन्जिवी पौडेल, प्रदेश सहसचिव सनत गौतम, नगर उपसभापति कल्याण पौडेल, नेपाल महिला संघकी बाला घिमिरे, तरुण दलका नगर अध्यक्ष खिमबहादुर क्षेत्री, वडा उपसभापति पदम बहादुर पौडेल, सचिव दिनेशमणि सुवेदी, कांग्रेस पशुपति टोल समितिका सभापति बासुदेव भण्डारी, सुनौलो नगरका सभापति दुर्गा बहादुर सिंजालीलगायतले अव आउने निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने गरी अभियान सफल वनाउनु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा विभिन्न टोल समितिको सक्रियतामा विभिन्न पार्टी परित्याग गरी ७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नव प्रबेशीहरुलाई पार्टीका जिल्ला सभापति रामकृष्ण खाँण र वडा सभापति केशरी पाण्डेले पार्टीको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराउनु भएको थियो ।

प्रकाशित मिति : आइतबार, चैत्र १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij