बुटवल
रुपन्देही सुनचाँदी व्यवसायी संघको २ दिने रणनैतिक कार्ययोजना तर्जुमा प्रशिक्षण कार्यक्रम लुम्बिनी मा सम्पन्न भएको छ ।
संघका अध्यक्ष राम किसन विश्वकर्माले संघको विगतको समीक्षा र आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो । व्यवसायीका समस्या के छन अब कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारे व्यवसायी संग जानकारी लिनुभयो ।
अध्यक्ष विश्वकर्माले सरकार तथा संघबीचको समन्वय बलियो बनाउन नेतृत्वदायी भूमिका खेल्ने, सम्पूर्ण सुन व्यवसायीलाई सरलरूपमा सुन बिक्री गर्ने, नीतिगत तहमा राज्यलाई दबाब दिने बताउनुभयो ।
कार्यक्रमको प्रशिक्षकमा मुकुन्द ज्ञवाली र सागर पौडेल ले प्रशिक्षण दिनुभएको हो ।
कार्यक्रममा, बरिष्ठ उपाध्यक्ष यसरत्न बज्राचार्य, प्रथम उपाध्यक्ष किशोर कुमार सुनार, महासचिव सिताराम रसाइली कोषाध्यक्ष मनोज सुनचाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् ।
त्यस्तै कार्यक्रममा बुटवल सुनचाँदी व्यवसायी संघ अध्यक्ष गोकुल बिक ,सिद्दार्थ नगर सुनचाँदी व्यवसायी संघ अध्यक्ष प्रकाशमणि बिक, देवदह सुनचाँदी व्यवसायी संघका अध्यक्ष इन्द्र बिक,सुद्धोदन सुनचाँदी व्यवसायी संघका अध्यक्ष टेक बहादुर बिक, सैनामैना सुनचाँदी व्यवसायी संघका अध्यक्ष तिलक विश्वकर्मा, तिलोत्तमा सुनचाँदी व्यवसायी संघ सचिव कृष्ण सुनार,लुम्बिनी सुनचााँदी व्यवसायी संघका अध्यक्ष विश्वनाथ वर्मा लगागतले बोल्दै जिल्ला ले नगर हरुलाइ कानुनी परामर्श बाट कार्यक्रम को बारेमा जानकारी दिने , सुनकाम गर्ने नेपाली कालीगडहरुको सीप दक्षताको लागि रकम छुट्टाइ पहल जिल्ला बाट हुनुपर्ने , सुनको कोटा बढाउन पहल गर्नुपर्ने ,सुनको वितरण प्रणाली पान नम्बरको आधारमा हुनुपर्ने लगायत
सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई पालना गरी अगाडि बढ्न ब्यवसायीहरु तयार रहेको बताए । कार्यक्रममा जिल्लाका पदाधीकारी, अध्यक्ष ,व्यवसायीहरु गरी ५५ जनाको उपस्थीती रहेको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्