सैनामैनामा विपन्न परिवारलाई घर

सैनामैनामा विपन्न परिवारलाई घर

सैनामैना

रुपन्देहीको सैनामैना नगरपालिकामा विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । सैनामैना नगरपालिका वडा नं. ११ कञ्चन खोला किनारमा निर्माण गरिएको नमुना बस्तीमा बनाईएका घर घरवार विहिनलाई हतान्तरण गरिएको हो । उक्त वस्तीमा १० वटा घर छन् । तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको उक्त वस्तीको एउटा घरमा ३ वटा कोठा र शौचालय छ । नगरपालिकामा चक्रपथ निर्माणको क्रममा विस्तापित भएकालाई नमुना बस्तीमा स्थापित गर्न उक्त बस्तीमा घर निर्माण गरिएको मेयर चित्रबहादुर कार्कीले बताउनु भएको छ ।
मेयर कार्कीका अनुसार जनताको तटबन्धनबाट खोलामा तटबन्धन गरेर बस्तीलाई सुरक्षित गरिएको छ भने उक्त बस्तीमा घर थप्दै जाने नगरपालिकाको योजना छ । त्यस्तै बस्तीमा कम्पाण्ड, खेलमैदान, बिजुलीको पोल र तटबन्धनको काम बाँकी छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij