काठमाडौं -अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले आज एक विज्ञप्ति जारी गर्दै नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भई प्रति लिटर डिजेलमा ०.०२, मट्टितेलमा २२.१९, हवाई इन्धनमा ४.२३ तथा एलपी ग्यास प्रति सिलिण्डर २७३.३८ रुपैयाँले बढेर आएको जनाएको छ ।
आगामी १५ दिनमा करीब ५ अर्ब २१ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ । हालको विक्री मूल्य पेट्रोल १५५ रुपैयाँ डिजेल/मट्टितेल १३८ रुपैयाँ रहेको छ । भने हवाई इन्धन आन्तरिक तर्फ १५१ र हवाई इन्धन बाह्य तर्फ प्रतिकिलो लिटर १.४९५ अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्