बुटवल
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आज बुटवलमा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा होटल तथा पर्यटन व्यवसायीहरुले पर्यटन नीति बनाउन तिनै तहका सरकारसंग माग गर्नु भएको छ् । पर्यटन क्षेत्रको विकास गर्ने गरी राज्यको स्पष्ट पर्यटन नीति नभएकाले पर्यटन व्यवसाय सञ्चालनमा समस्या भएको व्यवसायीले औल्याएका छन।
उनिहरुले पर्यटन र कृषि क्षेत्रको विकासमा राज्यले कुरामात्र गर्ने व्यवहारमा कार्यान्वय नर्गदा समस्या विकराल वनेको गुनासो गरेका छन ।कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसाय कोरोना संक्रमण घट्दै गएपछि केही सहज हुन थालेको बेला देशको अस्थिर राजनीतिले पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीको भनाइ छ । कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले राज्यको स्पष्ट पर्यटन नीति नभएकै कारण पर्यटन क्षेत्र फस्टाउन नसकेको बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासले देशको आर्थिक सम्वृद्वि हुने प्रसस्त सम्भावना रहेपनि त्यसप्रति राज्यले ध्यान दिन नसकेको उहाँले दावी गर्नुभयो । उहांले देशलाई आर्थिक रुपले सम्वृद्वि बनाउन पर्यटन र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर समयको माग अनुसार स्पष्ट नीतिनै चाहिने बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले पर्यटन व्यवसायलाई राज्यले उद्योग सरहको मान्यता दिने निर्णय गरेपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । विदेशी मुद्धा आर्जनको एकमात्र स्रोत्तको रुपमा रहेको पर्यटन व्यवसाय धरासायी अवस्थामा पुगेकोर रोजगारी गुमेको अनि व्यवसायी पेशावाट पलाएन हुदापनि राज्य पक्ष गम्भिर हुन नसकेको धारणा राख्नु भयो । कोभिड अबधीको विद्युत डिमाण्ड चार्ज छुट गर्ने सरकारको निर्णय ठिक भएपनि सबै व्यवसायीले सेवा लिन नसकेको बताउनुभयो ।
पर्यटन व्यवसायी गोपाल रानाले पर्यटन क्षेत्रको विकासका लागि राज्यले चासो दिनुपर्ने बताउनुभयो । उहांले कृषि र पर्यटनलाई बुद्ध जन्मस्थल लुम्बिनीसंग जोडर यस क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा ,पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डे,सिद्वार्थ होटल व्यवसायी संगठनका अध्यक्ष पिताम्बर न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्षहरु पे्रमलाल पाण्डे,महेन्द्र श्रेष्ठ, मोदनाथ बेल्वासे, समुन्द्र जीसी रुपन्देही व्यापार संघका प्रकाश ढकाल, यातयात मजदुर भलाई कोषका योग गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष वाबुराम गौतम ,महासचिव माधवप्रसाद खनाल एति डिष्टीलरीका वजार प्रतिनिधी प्रितम गिरी लगायतले कोरोनाले थला परेको व्यवसायको पुनरउत्थानका लागि पुनरकर्जाको भुक्तानीको समयावधी ५ वर्ष पुराउन माग गर्नु भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्