JanataToday.com

Advertisment

SKIP THIS

सैनामैनामा सुनचाँदी पसल लुटपाट प्रयासको घटना प्रति रुपन्देही सुनचाँदी व्यवसायी संघको ध्यानाकर्षण

सैनामैनामा सुनचाँदी पसल लुटपाट प्रयासको घटना प्रति रुपन्देही सुनचाँदी व्यवसायी संघको ध्यानाकर्षण

रुपन्देही –रुपन्देहिको सैनामैना १ रानिबगीयामा अवस्थित गणेस प्रशाद सुनारको बाग्लङ सान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा भएको सांघतिक हमला गरि पसल लुटपाट गर्ने घटनाको प्रयासबाट रुपन्देही सुनचाँदी व्यवसायी संघले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

रुपन्देहिको सैनामैना १ रानिबगीया अवस्थित शान्तिपुरे गुल्मेली सुनचाँदी पसल संचालक गणेस प्रसाद सुनारलाई चैत्र १७ गतेसाँझ करिव ७ बजे पसल बन्द गर्ने समयमा लुटेराहरुको समुहले टाउकोमा हथौडाले हानि गंभिर घाइते बनाउनुको साथै लुटपातको प्रयास भएको प्रति रुपन्देही सुनचाँदी ब्यवसायी संघले विज्ञप्ती जारी गर्दै आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको हो ।

‘व्यवसाय सञ्चालनका क्रममा यसरी लुटपाट को प्रयास हुनु अत्यन्तै निन्दनिय भएको र सिङगो मुलुकमा विद्यमान शान्ति सुरक्षाको कमजोर अवस्थाको चित्रण भएको छ। यसले आम व्यवसायीलाई हतोत्साही मात्रै नबनाई चिन्तित र दुखित समेत तुल्याएको छ,’ रुपन्देही जिल्ला भरिका सुनचाँदी व्यवसायीहरुको छाता संघ रुपन्देही सुनचाँदी व्यवसायी संघले सम्पूर्ण व्यवसायीहरुको शान्ती सुरक्षाको जोडदार माग गर्दछौ ,संघका अध्यक्ष रामकिशन बिश्वकर्माद्धारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सुनचाँदी पसलमा २ जनाको समुहमा आएका व्यक्तिले फलामको हतौडी (ह्म्बर)ले टाउँकोमा प्रहार गर्दा सुनचाँदी पसल सञ्चालक संचालक गणेस सुनार घाइते भएका छन्

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै फरार अपराधीलाई पक्राउ गरि आवश्यक कारवाही गर्न प्रशासन समक्ष आग्रह गरिएको छ । संघले लुटेराको आक्रमणमा परी घाइते सुनारलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।साथै व्यवसायीहरुले पसल खोल्ने र बन्द गर्ने समयमा बिशेष सतर्कता अपनाउन संघले  विज्ञप्ति मार्फत अपिल गरेको छ ।

 

प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij