आज विश्व स्वास्थ्य दिवस : हरित अभियानमा योगदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

आज विश्व स्वास्थ्य दिवस : हरित अभियानमा योगदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

काठमाण्डाै – आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ मनाइँदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले स्वच्छ र हरित वातावरणको प्रवर्द्धनमा आवश्यक योगदान गर्न आह्वान समेत गरेको छ । नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप–बाढी, खडेरी, अत्यधिक गर्मी तथा असुरक्षित पानीको प्रयोगले विभिन्न रोगको जोखिम बढेको छ।

नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजारभन्दा धेरैको अकालमै ज्यान जाने गरेको मन्त्रालयको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वभर १३ लाखभन्दा धेरै मानिसको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारणले हुनेगर्छ।

विश्वमा १० मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३ दशमलव ६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन् । हरेक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखालाबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ ।

स्वास्थ्य मन्त्रालयले स्वच्छ पानी र सरसफाइमा पहुँच सुनिश्चित गर्न तथा आवश्यक सेवामा लगानी बढाउन आवश्यक रहेको बताएको छ । मन्त्रालयले सन् २०२१ मा ग्लास्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलन (कोप–२६)मा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij