JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उवासंघमा क्यालेण्डर विमोचन: खर्चमा मितव्ययी बन्न मन्त्री घर्तीको आग्रह

बुटवल उवासंघमा क्यालेण्डर विमोचन: खर्चमा मितव्ययी बन्न मन्त्री घर्तीको आग्रह

बुटवल

लुम्बिनी प्रदेशकी कानुन, महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको बताउँदै खर्चमा मितव्ययी बन्न आग्रह गर्नुभएको छ । शुक्रबार बुटवल उद्योग वाणिज्य संघले प्रकाशन गरेको नयाँ वर्षको क्यालेण्डर विमोचन तथा महिला उद्यमी उत्प्ररणा कार्यक्रममा बोल्दै मत्री घर्तीले निर्यातजन्य तथा आयात प्रतिस्थापन गर्ने उत्पादनमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

मुलुकको अर्थतन्त्रको मेरुदण्ड उद्योग प्रतिष्ठान भएको बताउँदै मुलुकको अर्थतन्त्र जोगाउनको लागि अहिले उद्योगी व्यवसायीको काधमा ठूलो जिम्मेवारी रहेको पनि उहाँको भनाई छ ।

त्यस अवसरमा श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीकी उपसचिव तारा ज्ञवालीले उद्यमशिलता र श्रमको क्षेत्रलाई कसरी मजबुद बनाउन सकिन्छ सरकार र निजी क्षेत्रले गम्भिर भएर सोंच्नुपर्ने वेला आएको भनाई राख्नुभयो । उहाँले मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशका ४६ पालिकामा सीपमुलक तालिम कार्यक्रम सञ्चालन गरिएको आगामी आर्थिक वर्षमा सबै पालिकामा सीपमुलक तालिम कार्यक्रम सञ्चालनको तयारी गरिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले स्थापनाकालदेखि हालसम्म गरेका गतिबिधिको बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको छ । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा बोकेको निजी क्षेत्रको लागि सरकारले लगानीमैत्री वातावरण बनाईदिन आग्रह गर्नुभयो ।

त्यस अवसरमा मीस नेपाल २०१९ की सेकेन्ड रनरअफ स्नहलता राउत थापाले मोटिभेसनल स्पिच राख्नुभएको थियो । उहाँले मानिस सफल हुनको लागि सबैभन्दा पहिला आफैमा आत्मविश्वास अपरिहार्य रहेको बताउनु भयो । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवादमा भएको कार्यक्रम कार्यसमिति सदस्य जमुना पौडलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij