नेपाल ट्रेड युनियन महासंघ लुम्बिनीको अध्यक्षमा काफ्ले निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ लुम्बिनीको अध्यक्षमा काफ्ले निर्वाचित

 

रुपन्देही

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित हुनुभएको छ ।

महासंघका राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा बुटवलमा सम्पन्न प्रथम अधिबेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा पदमराज रिजाल, सचिवमा सन्तोष केसी, सहसचिवमा दुर्गादेवी केसी रहनुभएको छ ।

सदस्यहरुमा गिरीराज भण्डारी, सुशिला भण्डारी, कर्णबहादुर लामा, ढिलकुमारी भण्डारी, सुरेशकुमार श्रेष्ठ, गोकर्णराज गिरी, पुष्पा न्यौपाने, शान्ती भुषाल, पशुपति बस्याल, कमला भट्टराई, टेकबहादुर सिंजाली, नुमा थापा, सुमन गिरी, दुर्गाबहादुर केसी, दिलसरी राना, गोविन्दप्रसाद पौडेल र शिवराज पन्थी रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष काफ्लेले मजदुरको हक हित र अधिकारका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, चैत्र ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij