गठबन्धनमा मिल्यो भागबण्डा, कहाँ कसको उम्मेदवार? (सूचीसहित)

गठबन्धनमा मिल्यो भागबण्डा, कहाँ कसको उम्मेदवार? (सूचीसहित)

काठमाडौं : पाँच दलीय गठबन्धनमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाको सहमति भएको छ। लामो रस्साकस्सीपछि गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंगाएको हो।

सहमति पत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेकी छन्।

सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाएकाे छ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरकाे नेतृत्व​ पाएकाे छ। भने, धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगको मेयर पाएको छ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिका, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका र जनता समाजवादी पार्टी (जसपा)ले  वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ ।

 

 

प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij