ब्यारेकमा गोली लागेकी महिला सैनिक जवानको मृत्यु

ब्यारेकमा गोली लागेकी महिला सैनिक जवानको मृत्यु

twitter sharing button
messenger sharing button

 

बुटवल – कपिलवस्तुको गोरुसिंगेस्थित नेपाली सेनाको शमशेर दल गणमा गोली लागी घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको नेपाली सेना पश्चिम पृतनाले जनाएको छ ।

राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको सेनाले जनाएको छ । काठमाडौँ लैजाने तयारी भैरहेको बेला उनको मृत्यु भएको  हो ।

 

प्रकाशित मिति : बिहिबार, बैशाख ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij