रुपन्देहीको तिलोत्तमामा गठबन्धनले थाल्यो घरदैलो

रुपन्देहीको तिलोत्तमामा गठबन्धनले थाल्यो घरदैलो

तिलोत्तमा

रुपन्देहीको तिलोत्तमामा गठबन्धनले औपचारिक रुपमा घरदैलो अभियान शुरु भएको छ । बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका गठबन्धनभित्रका उम्मेदवारहरु घरदैलोमा पुगेर आफ्ना एजेण्डाहरु सुनाउन थालेका हुन् ।

यहां नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर चुनावी अभियान संचालन गरिरहेको छ । बिहिबार वडा नं ९ को मंगलापुरबाट घरदैलो अभियान शुरु गर्दै गठबन्धन दलका उम्मेद्वारहरुले यो निर्वाचनमा आफूहरुको जीत निश्चित भएको दाबी गरे ।

कार्यक्रममा बोल्दै तिलोत्तमाको मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका युवा नेता रामकृष्ण खाँणले गठबन्धनका उम्मेद्वारलाई भारी मतले जिताउन मतदाता समक्ष अनुरोध गरे । आफूले मेयर पदमा जिते नगरको समग्र विकासमा तीब्रता दिने उल्लेख गरे ।

यसअघिको नगरपालिकाको नेतृत्वले विभिन्न परियोजनाको नाममा अनियमितता गर्ने गरेको आरोप लगाउँदै अब आउने नेतृत्वले त्यस्तो नगर्ने दाबी गरे ।आफुले जितेपछि अहिले रहेको नगरपालिकाको आधुनिक भवनलाई अस्पताल बनाउने उल्लेख गरे । जनताको घरमा पंखा नभएको तर जनप्रतिनिधिले एसी लगाएर सुविधा सम्पन्न भवनमा बस्न नहुने उनको भनाइ छ ।

नगरपालिकाकाका लागि अर्को सामान्य भवन बनाएर काम गर्ने उनको भनाइ छ । उनले एकिकृत सम्पत्ती कर घटाउने,नगरका १७ वटै वडामा स्तरिय सामुदायिक बिद्यालय चलाउने,नगरका सबै सडक सरकारकै पैसाले पिच गर्ने समेत बताए ।

कार्यक्रममा उपमेयरका उम्मेद्वार माओवादी केन्द्रका नेता हेमलाल पाण्डेले नेकपा एमालेको हालको नेतृत्वले विभिन्न परियोजना संचालन गर्दा भ्रष्टाचार गर्ने गरेको तर्क गरे । नगरप्रमुखले तलबभत्ता नलिने तर नीतिगत भ्रष्टाचार गर्ने गरेको आरोप उनले लगाए ।

कार्यक्रममा कांगेस नेताहरु बाबुराम राना, हरिलाल पाण्डे, नारायण न्यौपाने, माओवादी नेताहरु बेलप्रसाद शर्मा, गोविन्द रेग्मी, गोपाल बस्याल लगायतले बोल्दै यो निर्वाचनमा गठबन्धनमा आबद्ध दलको बिजय हुने दाबि गरे । वडा न २ र ४, ८ र ९ मा घरदैलो गरिएको हो ।

तिलोत्तमामा कांग्रेसले शुक्रबार आफ्ना प्रतिबद्धता घोषणापत्र सार्बजनीक गर्दैछ ।

 

 

प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij