तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरका उम्मेदवार रामकृष्ण खाणले तिलोत्तमामा अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्न गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन।
नेपाली काङ्ग्रेस र माओवादी केन्द्र बिचको गठबन्धनबाट मेयरको उम्मेदवार बनेका खाणले तिलोत्तमा ४ सिमानगरका बस्तीमा धेरै समस्या रहेकाे बताउदै समस्या समाधान गर्न कांग्रेस लाई जिताउन आवश्यक रहेको बताए।
नेपाली काङ्ग्रेसको तिलोत्तमा नगरपालिका ४ सिमानगरमा प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले एमालेकाे दुई तिहाइकाे सरकार हुँदा पनि सुकुम्बासी समस्या समाधान नगरेकाे बताए।
उनले एमालेले लालपुर्जा दिने भनेर जनता झुक्याउने काम गरेकाे बताउदै उनले अब कांग्रेसले पाँच वर्ष भित्र लालपुर्जा सवैकाे सुकुम्बासीकाे हात हातमा पुराउने दावि गरे।उनले एमालेलाई भाेट हाल्नु भनेकाे भाेट खेर फाल्नु रहेको तर्क गरे।
उनले तिलोत्तमामा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन आग्रह गर्दै राष्ट्र र तिलोत्तमाको बिकास गर्नको लागि काङ्ग्रेसले जित्नैपर्ने बताए।
उनले तिलोत्तमा नगरभित्रका सार्वजनिक स्थानहरुमा फ्रि वाइफाईको ब्यबस्था र सीसीटीभी जडान गरिने बताए। उनले मोवाइल एप तथा डिजिटल प्रणाली मार्फत सेवाग्राहीले घरै बसी पालिकाको दर्ता तथा सिफारिस लिन सक्ने र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागू गरिने बताए।
कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार हेमन्त पाण्डेले सिमानगरका केही बस्तीमा हाईटेन्सनकाे समस्या भएकाेले त्यसलाई व्यवस्थापन र बस्ती स्थानान्तरण प्रतिबद्धता ब्यक्त गरे। उनले तिलोत्तमामा दिगो बिकासको लागि गठबन्धनलाई बिजयी बनाउन आग्रह गरे।
कार्यक्रममा बोल्दै तिलोत्तमा ४ का अध्यक्षका उम्मेदवार गोबिन्द प्रसाद भुसालले नगरबाट पाउने सेवा सुविधा विपन्न , गरिब बालवालिका लाई खर्च गर्ने घोषणा गरेका छन। नेपाली काङ्ग्रेसबाट वडाअध्यक्षको उम्मेदवार बनेका उनले गठबन्धनले तिलोत्तमामा दिगो बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति : शनिबार, बैशाख १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्