बुटवलमा सपनामात्रै बाँडेको भन्दै १०० जनाले एमाले छाडेर राेजे कांग्रेस

बुटवलमा सपनामात्रै बाँडेको भन्दै १०० जनाले एमाले छाडेर राेजे कांग्रेस

बुटवल

 

बुटवलमा एमालेले भोटका लागि सपना मात्रै बाँडेको भन्दै बुटवल १५ उजेलापूरका बासिन्दाले एमाले परित्याग गरेका छन्।

 

बुटवलमा विकास गर्ने, लालपूर्जा दिलाउने र स्मार्ट सिटी बनाउने सपना देखाएपनि भ्रष्टाचारबाहेक अरु काममा ध्यान नदिएको भन्दै १०० जनाले एकसाथ एमाले परित्याग गरेका हुन्।

 

एमालेले नारामा मात्रै सपना देखाएपनि कांग्रेसले भने व्यवहारमै काम देखाएकाले आफुहरु नेपाली कांग्रेस प्रवेश गरेको महेन्द्र चौधरीले बताए।

 

उनले एमालेका नेताहरु चुनाबका बेलामात्रै जनतामाझ आउने गरेको तर कांग्रेसका नेता खेलराज पाण्डे जनताका समस्या सुन्न र समाधान गर्न घरघर पुग्ने गरेकाले कांग्रेस प्रवेश गरेको बताए। यस्तै जमुना चौधरीले महिलालाई हेपाहा व्यवहार गर्ने एमालेमा बस्न नसकेर कांग्रेसमा आएको बताइन्। उनले काठमाडौंको मेयरदेखि बुटवलका मेयरसम्मको व्यवहार महिलाविरोधी भएको बताइन्।

 

उनीलगायत १ सय जनालाई कांग्रेस बुटवल उपमहानगरपालिकाका उमेदवार खेलराज पाण्डेलगायतले कांग्रेस प्रवेश गराएका थिए। पार्टी प्रवेश गराउँदै पाण्डेले उजेलापूरमा शुद्ध खानेपानी र शौचालय बनाउनका लागि पदबहाली गरेलगत्तै पूरा गर्ने बताए ।

 

उनले तिनाउ दानव करिडोरबाट विस्थापित हुने १५ सय घरधुरीलाई सुरक्षित स्थानमा जग्गाको व्यवस्था गर्ने बताए। ‘ करिडोर बनाउनुअघि नै सुरक्षित रुपमा बसोबास गर्ने नयाँ सिटी बनाइनेछ र त्यसपछि मात्रै करिडोरको काम अघि बढाइनेछ, उनले भने-अपाङ्गता भएकाहरुलाई ह्वील चेयर र परिचय पत्रको व्यवस्था गरिनेछ।’

 

२१ हजार घरधुरी सुकुम्बासी समस्या समाधान गर्नका लागि पनि छिटै नै काम अघि बढाउने उनले बताए। ‘लगत लिएर जग्गाको दर्ता गरिनेछ र आवश्यकता अनुसार काम अघि बढाइनेछ-उनले भने ‘अहिलेसम्म नगरपालिकाले जे कुरा भनिरहेको छ त्यसभन्दा बढी सुविधा हामीले दिएर जनतालाई अपनत्व महसुस हुने काम गर्नेछौं ।’

प्रकाशित मिति : सोमबार, बैशाख १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij