बुटवल -बुटवल उपमहानगरपालिका वाड न १७ मा नेपाली कांग्रेसले विशाल उपस्थितिमा दैनिक जसो घरदैलो गरिरहेको छ । आफूले खोजेका उमेदवारलाई आफ्नै घरदैलोमा भेटेर आफ्ना सुखदुःख साट्न पाउँदा मतदाताहरु पनि निकै उत्साहित बनेका छन् । वडाको शिक्षा, स्वास्थय, खेलकुद, खानेपानी लगाएतका अत्यावश्यक चिजको साथै समग्र विकासको लागि कांग्रेसको जित भएमात्रै संभव भएको स्थानीले बताएका छन । वर्षौंदेखि वर्षको समयमा डुबानको समस्याबाट ,सुकुम्बासी लगायत समस्याबाट पिडित बनिरहेका रानिगंजबासी ज्ञान बहादुर रेश्मी नेतृत्वको टिमले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेसंगै अब आफूहरू आशावादि बनेको बताएका छन् ।

प्रतिबद्धता पत्रमा कांग्रेसले यस क्षेत्रभित्रका सडकहरु पक्की बनाउने र स्तर उन्नति गर्ने तथा यातायातको सुबिधाको लागी नगर बस संचालन, तिनाउ करिडोरबाट विबस्थापित परिवारहरुलाई सुरक्षित स्थानमा ब्यबस्थापन गर्ने , सिचाइको सुबिधालाई थप व्यव्यवस्थित गर्ने युवाहरुलाई स्वरोजगार बनाउन युवा लक्षीत कार्यक्रम संचालन गर्ने , नदि संरक्षण र विपद व्यवस्थापनको लागी थप प्रभावकारी उपाय अपनाउने ,फोहोरमैला व्यबस्थापन लगायत जनता लक्षितको प्रतिबद्धता गरेसंगै बुटवल १७ वडाबासी खुलेर रेश्मीको पक्षमा लागेका छन् । युवा अनि जुझारु टीमसहित चुनावी मैदानमा उत्रिएको टिम आफै पनि निकै उत्साहित देखिएको छ । हरेक दिन हुने घरदैलोमा पाएको माया,ममता र आशिर्वादले अब जित पक्का भएको र औपचारिकताका लागि मात्र बैशाख ३० पर्खिनु पर्ने वडाध्यक्षका प्रत्यासी ज्ञान बहादुर रेश्मीको दावि छ ।

वडा न १७ बाट अध्यक्षमा रेश्मी संगै सदस्यहरुमा , राम प्रसाद न्यौपाने ,तुल्सी बहादुर चौधरी, देबि कुमारी दंगोरीया र रेखा बिक चुनावी मैदानमा हुनुहुन्छ । विष्णु पौडेल जो पार्टीको महत्त्वपूर्ण पदमा सधैँ रहँदै आए पनि चुनावमा बुटवललाई राजधानी बनाउने भन्दै सयौ पटक वाचा अन्तिम अवस्थामा बुटवलका मतदातालाई धोका दिएर । बुटवलको राजधानी बन्ने सपना गर्भमै तुहाएरकोले मतदाताले कंग्रेसलाई साथ दिने नेता भिम प्रसाद न्यौपानेले बताउनुभयो ।

त्यस्तै बुटवल १७ मा एमालेले सपनामात्रै बाँडेको र प्रचारमुखी काम गरेको भन्दै उहाँले मतदाताहरुलाई नेपाली कांग्रेसलाई स्थानीय चुनाबमा जिताउन आह्वान गर्दै रुख चिन्हमा मतदान गर्न सभापति ओम बहादुर घिमिरे बाबुरामले अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : मंगलबार, बैशाख २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्