मुक्तिनाथ धाममा गृहमन्त्री खाँण र मेयरका उम्मेदवार पाण्डेद्वारा पूजाअर्चना

मुक्तिनाथ धाममा गृहमन्त्री खाँण र मेयरका उम्मेदवार पाण्डेद्वारा पूजाअर्चना

बुटवल

गृहमन्त्री वालकृष्ण खाँणले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँ स्थित श्री स्वामिनारायण मुक्तिनाथ धाममा पुजा अर्चना गर्नुभएको छ ।

खाँणलेआज बिहानै धाममा पुगेर शिवज्याेतिर्लिंङ्गमा जलार्पणसहित पुजा आराधना गर्नुभएको हो । त्यस अवसरमा गृहमन्त्री खाँणलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मा, कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार डिल्ली प्रसाद शर्मा आचार्यसहितका उम्मेदवार तथा धामका पदाधिकारी तथा सदस्यहरुले स्वागत गर्नुभएको थियो ।

साे अवसरमा खाँणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने बताउनुभयो

त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयपनि सहभागि हुनु भएको थियो । मन्दिरमा गृहमन्त्री खाँणसंगै मेयर उम्मेदवार पाण्डेयले पनि पुजा आराधना गर्नुभएको थियो । उहाँले नगरमा कांग्रेस नेतृत्वको गठबन्धन जित नजिक रहेको दाबि गर्नुभयो ।

धाममा पुगेका नेताहरुलाई फूलमालासहित स्थानीयले न्यानाे स्वागत गरेको गाेपाल पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, बैशाख २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij