अपेक्षाअनुसार मत नखसेको आयोगको स्विकारोक्तीे

अपेक्षाअनुसार मत नखसेको आयोगको स्विकारोक्तीे

काठमाडौं ।
निर्वाचन आयोगले अपेक्षाअनुसार मतदान नभएको बताएको छ।

धेरै मतदाता भएको ठाउँमा कम मतदान भएको र कम मतदाता भएको ठाउँमा धेरै मतदानको ट्रेण्ड देखिएको भन्दै आयोगले अपेक्षाकृत मतदान नभएको जनाएको छ।

पालिकाहरुमा सबैभन्दा धेरै ७४र७५ प्रतिशतसम्म मतदान खसेको र न्यूनतममा ५० प्रतिशत हाराहारीमा मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

‘जहाँ मतदान बढी हुन्छ भन्ने अनुमान त्यहाँ कम भयो। ६५ देखि ७२ प्रतिशत अपेक्षा हो। त्यो अनुसार हुन सकेन,’ उनले भने। आयोगको प्रारम्भिक अनुमानअनुसार ६२ प्रतिशत जति मत खसेको र विस्तृत वितरण शनिबार आउने थपलियाको भनाइ छ।

एकैचरणमा निर्वाचन गर्न परेको कारण चाहेजस्तो सुरक्षा प्रबन्ध हुन नसकेको आयोगको प्रारम्भिक अनुमान रहेको उनले बताए। ‘आयोग र दलहरुबीच सुझबुझ सम्बन्ध स्थापित गर्न नसक्दा र सानातिना विषयमा मतविभन्नता हुँदा सुरक्षामा आयोग संशकित र चिन्तित छौं,’ थपलियाले भने। आगामी दिनमा शान्तिपूर्ण बन्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिए

प्रकाशित मिति : शुक्रबार, बैशाख ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij