बुटवल,
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन्।
त्यस्तै रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्।
उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्। रेसुङ्गा नगरपालिका वडा नं ३ मा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा बाबुराम बिजयी भए ।
प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्