मत तल माथि गराउने कर्मचारीहरुलाई कारवाही र पुनःमतगणनाको माग

मत तल माथि गराउने कर्मचारीहरुलाई कारवाही र पुनःमतगणनाको माग

बुटवल । मत गणनामा खटिएका कर्मचारीहरुले नियतबस परिणाम तलमाथि पार्ने काम गरेको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ती कर्मचारी हटाउन र मतपत्रहरुको यथार्थ छानविन गरी पुनः मतगणनाको व्यवस्था मिलाउन माग गरिएको छ ।
तिलोत्तमाको मतगणनामा खटिएका कर्मचाहरुले नियतवस पटक पटक निर्वाचन सम्बन्धि कसुर गरेको भन्दै ती कर्मचारीलाई हटाउन माग गरिएको हो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रतातन्त्र पार्टीले निर्वाचनको मतगणनामा खटिएका कर्मचारीहरु अमुक दलको प्रभावमा परेर अन्य दलले प्राप्त गरेको मत संकेतलाई गलत रुपमा प्रस्तुत गर्ने, मतपरिणामलाई तोडमोड गर्ने, अमुक पार्टीलाई जिताउने काममा संलग्न रहेका कर्मचारीलाई छानविन गरी कारवाही गर्न समेत माग गरेका छन् ती दलले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सम्पूर्ण मतपत्रको यथार्थ छानविन गरेर पुनः मतदान गर्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् । तिलोत्तमा नगरपालिका वडा नं। २ को मत गणनामा खटिएका कर्मचारीले मत परिणाम नै फरक पारेपछि त्यसबाट उत्पन्न विवादका कारण हिजो ९सोमबार० साँझबाटै मतगणना स्थगित भएको छ ।

त्यस्तै वडा नं। १६ को गणनाको क्रममा गणना भएको मतपरिणाम अनुसार नेपाली काँग्रेसको १४१ हुनुपर्नेमा ११४ र नेकपा एमालेको २५९ हुनुपर्नेमा २९५ भएपछि तिलोत्तमाको मतगणनामा थप विवाद भएको छ । जसका कारण अहिले मतगणनाको कार्य पूर्ण रुपमा स्थगित भएको छ ।

निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले मंगलबार सूचना प्रकाशित गरेर मतपरिणाम फरक परेको स्वीकार गर्नुभएको छ । उहाँले मतगणनामा खटिएका कर्मचारी र दलका प्रतिनीधिलाई गणना भएको मतपत्रको पछाडी हस्ताक्षर गरेर मात्रै कम्प्युटरमा विवरण प्रविष्ट गर्नेगरी व्यवस्था मिलाईएको सूचनामा उल्लेख गर्नुभएको छ । यद्यपी गल्ती पटक पटक दोहोरिएको कारण निर्वाचन अधिकृतको उक्त भनाईलाई विश्वास गर्न नसकिने र नगरपालिकाका कर्मचारीबाट हुने गणना आफूहरुलाई स्वीकार्य नहुने गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाँणले बताउनु भयो

प्रकाशित मिति : मंगलबार, जेष्ठ ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij