सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल

सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल

काठमाडौं – स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकियो । भोलिपल्ट अर्थात आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो । नवनिर्वाचित जनप्रतिनिधिले ५ जेठ २०८४ सम्म काम गर्नेछन् ।

शुक्रबार बिहानसम्म देशभरका निर्वाचन अधिकृतहरुले सार्वजनिक गरेको नतिजा अनुसार ६ सय २ स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । अब १ सय ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । मतगणना ढिलो भएकोमा निर्वाचन आयोगको आलोचना भइरहेको छ ।

महिला प्रतिनिधित्व कम

हालसम्म ४०८ वटा गाउँपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएकोमा ३ सय ९ जना अध्यक्ष पुरुष निर्वाचित भएका छन् । ११ जनामात्रै महिला छन् । यो करिव ३ दशमलव ५५ प्रतिशत हो । ४०७ वटा गाउँपालिका उपाध्यक्षको मतगणना सकिएकोमा १२० जना पुरुष र २८७ जना महिला निर्वाचित भएका छन् । उपप्रमुखमा महिला प्रतिनिधित्व करिव ७० दशमलब ५० प्रतिशत हो ।

त्यसैगरी १८१ नगरपालिकाको नतिजा सार्वजनिक भएकोमा ६ जनामात्रै मेयर निर्वाचित भएका छन् । बाँकी १७५ जना पुरुष छन् । नगरपालिकाको मेयरमा महिला प्रतिनिधित्व ३ दशमलव ३१ प्रतिशत छ । नगर उपप्रमुखमा १८१ मध्ये १४१ जना महिला छन् । बाँकी ४० जना पुरुष हुन् । उपप्रमुखमा महिला प्रतिनिधित्व ७७ दशमलव ९० प्रतिशत छ ।

उम्मेदवारी नै कम परेको र दलहरुले कमजोर स्थानमा महिला उम्मेदवारी दिएकाले यसपटक प्रतिनिधित्व कम भएको हो । गठबन्धन र तालमेलका क्रममा दलहरुले एउटा मात्रै पदमा पुरुषलाई प्राथमिकता दिएकाले पनि यसपटक महिला प्रतिनिधित्व घटेको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij