तिलोत्तमामा काँग्रेसका खाँणलाई ३५२ मतले अग्रता

तिलोत्तमामा काँग्रेसका खाँणलाई ३५२ मतले अग्रता

तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा काँग्रेसले मतान्तर बढाएको छ । आईतबार दिउँसो प्राप्त पछिल्लो मतपरिणाम अनुसार काँग्रेस उम्मेदवार रामकृष्ण खाँण एमाले उम्मेदवार मोहन चापाई भन्दा ३५२ मतले अगाडि हुनुहुन्छ ।

तिलोत्तमामा कुल ३० हजार ७३४ मतगणना हुँदा काँग्रेस उम्मेदवार खाँणले ११ हजार ९४९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमाले उम्मेदवार मोहन चापागाइँले ११ हजार ५९२ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा भने एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरीको अग्रता कायमै छ । उहाँले ११ हजार २७० मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ५ हजार ८१५ मत प्राप्त गर्नुभएको छ

। तिलोत्तमा नगरपालिकाको वडा नं. १, २, ३, १५, १६ र १७ गरी ६ वटा वडाको गणना सकिएको छ । वडा नं १ मा नेकपा एमालेका पर्शुराम गिरी,वडा नं २ मा नेपाली काँग्रेसका डिलबहादुर भट्टराई, वडा नं ३ मा नेपाली काँग्रेसका कल्याण प्रसाद पौडेल बिजयी हुनुभएको छ। त्यस्तै वडा नं १५ मा नेकपा एमालेका खेमराज गुरुङ , वडा नं १६ मा नेपाली काँग्रेसका झबिलाल भुषाल र वडा नं १७ मा नेपाली काँग्रेसका दानबहादुर चौधरी बिजयी हुनुभएको छ । अहिले तिलोत्तमा नगरपालिका का वडा नं ४,५,१३ र १४ को मतगणना जारी रहेको तिलोत्तमा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय ले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij