कांग्रेसका खाँण ८३२ मतको अग्रता तिलोत्तमा

कांग्रेसका खाँण ८३२ मतको अग्रता तिलोत्तमा

बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाँणले ८३२ मतले अग्रता लिएका छन् ।
६० हजार ३६७ मत गणना हुँदा गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खाँणले २२ हजार ७९८ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले २१ हजार ९६६ मतका साथ पछ्याई रहेका छन् ।
यसअघि सार्वजनिक मत परिणाममा ८०७ मतले अग्रता लिएका खाँणको मतान्तर बढेर ८३२ पुगेको हो ।
मेयर पदमा नेपाली कांग्रेसका खाँणले अग्रता लिदा उपप्रमुख पदमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरीले दोब्बर मतले अगाडि छिन् । चौधरीको २१ हजार ५१९ मत आउँदा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा हेमन्तले १० हजार ७३९ मत पाएका छन् ।
तिलोत्तमा नगरपालिकामा तेस्रो शक्तिको रूपमा रहेको राष्ट्रिय जनमुक्ति पार्टी तेस्रो स्थानमा कायम रहेको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij