जाडोमा छालाको फुस्रोपनबाट कसरी जोगिने ?

जाडोमा छालाको फुस्रोपनबाट कसरी जोगिने ?

काठमाडौँ – जाडोको समयमा प्रायः धेरैको स्वास्थ्यमा मौसमजन्य रोगले समस्या निम्त्याउने गरेको छ । चिसोको समयमा ओठ र गाला फुट्ने तथा छालामा फुस्रोपनाले समस्या हुने गरेको छ । यसले शारीरिक सुन्दर्तासँगै छालाको स्वास्थ्यमा पनि असर गर्दछ ।

यी समस्या कम गर्न मानिस विभिन्न उपाय अपनाउँछन् । कतिपय त यिनै समस्याले गर्दा आजित भइरहेका हुन्छन्, उनीहरु उनीहरु यस्ता समस्याको समाधानका लागि औषधिसमेत सेवन गरिरहेका हुनछन् । तर चिकित्सकहरु भने यी समस्याहरु हुने बित्तिकै औषधि सेवन नगर्न सल्लाह दिने गरेका छन् ।

उनीहरुका अनुसार उक्त समस्या समाधानका लागि औषधि सेवन नगरेर अन्य उपाय अपनाउन सकिन्छ । जाडोको मौसममा चिसो हुने भएकाले कतिपयले पानी पिउँदैनन्, तर यसो गर्नु एकदमै गलत भएको चिकित्सकहरु बताउँछन् ।

उनीहरुका अनुसार पानी सधैँभरि शरीरलाई चाहिने कुरा हो । पर्याप्त मात्रामा पानी पिउनाले छालामा हुने फुस्रोपना केही हदसम्म कम हुने गर्दछ ।

चिसोमा नुहाउँदा शरीरमा लगाएको साबुन राम्रोसँग पखाल्नु पर्दछ । नुहाई सकेपछि शरीरलाई चिल्लो बनाई राख्नका लागि तोरीको तेल, भ्यास्लिन जस्ता पर्दाथहरु प्रयोग गर्नु पर्दछ । यस्तै घाम तापने क्रममा चिसो हावाबाट बच्नु पर्दछ । र खाने कुरामा ध्यान दिनु पर्दछ ।

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij