बुटवल
मानव अधिकार तथा शान्ति समाजले बुटवलमा शान्ति बाटीकामा बृक्षरोपण गरेको छ । विश्व वातावरण दिवसको अवसरमा वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाको परिसरमा रहेको शान्ति बाटीकामा फलफूलका बिरुवाहरु रोपिएको हो ।
कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलननमा जोड दिँदै हिमालय बचाउ आन्दोलन सञ्चालन गरिरहेको बताए । उनले सरकारले वातावरण संरक्षणको नीति ल्याउनुपर्ने बताए ।santi samaj.jpg
समाजका रुपन्देही सभापति डीपी खनालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा भएको भएको कार्यक्रममा आम्दा अस्पतालका मेसु डा.राजेन्द्र बस्याल,कार्यक्रम संयोजक कृष्ण पाण्डे,लता खड्का लगायतले बोल्दै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
अस्पताल परिषरमा आँप, बेल, धुपिसल्लो,कल्पिफूल लगायत प्रजातीका बिरुवा रोपिएको हो । समाजले बाटीकामा गोडमेल तथा गतसाल सोहि स्थानमै लगायका बिरुवाहरुको संरक्षण समेत गरेको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्