नेपकेएर सोलुसनको डिजिटल स्वास्थ्य सेवा ।

नेपकेएर सोलुसनको डिजिटल स्वास्थ्य सेवा ।

बुटवल

 तपाईलाई कुनै पनि स्वास्थ्य समस्या छ ? सम्बन्धीत बिशेषज्ञ को होला ? वा आकस्मीक स्वास्थ्य समस्या आई परेमा घरेलु रुपमा प्राथमिक उपचार पद्धती कसरी गर्न सकिएला ?

अव यि र यस किसीमका स्वास्थ्य समस्याहरु आइ परेमा तपाईले घरमे सम्बन्धीत स्वास्थय विज्ञ सँग परामर्श सहित कुनै पनि स्वास्थ्य समस्या आई परेमा तत्काल प्राथमीक उपचार पद्धतीको जानकारी पाउन सक्नु हुन्छ । त्यो पनि आफु सँग भएको सुचना प्रविधिको प्रयोग बाट । नेपकेयर सोलुसनले संचालनमा ल्याएको डिजिटल स्वास्थ्य कार्यक्रबाट यस्ता सेवा लिन सक्नु हुनेछ । स्वास्थय सबैकालागी भन्दै बुटवलबाट संचालनमा आएका नेपकेयर सोलुसनबाट सबै प्रकारका स्वास्थ्य समस्याका बिषयमा जानकारी र उचित परामर्श प्राप्त गर्न सकिन्छ । यसरी नेपालमा डिजिटल स्वास्थय सुविधाको सूरुवात गर्ने एक पात्र हुन् । रुपन्देहको बुटवलमा जन्मिएका अविरल गुभाजु । १२ बर्ष अघि शैक्षिक यात्राको क्रममा अष्ट्रेलिया पुगे । अष्ट्रलियामा बसोबास गर्दै आएका उनी केही महिना देखी भने नेपालको स्वास्थ्य सेवामा सुचाना प्रबिधीको प्रयोगबाट सुलभ, सहज र सबैको पहँुच कसरी बिस्तार गर्न सकिन्छ भनेर लागी परेका छन् । बिगत नौ महिना देखी डिजिटल स्वास्थ्य सेवाको लागी काम गर्दै आएका उनले नेपकेयर संचालनमा ल्याएका छन् । सुचना प्रबिधीको प्रयोगबाट जनताको स्वास्थ्यमा सहज पहुँच बिस्तार गर्नको लागी नेपकेयरले डिजिटल स्वास्थ्य सुविधा कार्यक्रम प्रयोगमा ल्याएको उनले बताए । शैक्षिक अध्ययनको क्रममा अष्ट्रलीया बसोबासको क्रममा त्यहाँ उपलब्ध स्वास्थ्य सेवाहरु र नागरीकहरुलाई निशूल्क रुपमा स्वास्थ्य सेवाहरुको मुल्याङ्कन गर्न मद्धत गर्ने प्रणालीबाट आफु धेरै नै प्रभावित भई नेपालमा पनि सोही प्रणाली अनुसार स्वास्थ्य सेवाहरुको मुल्याङ्कन गर्न मद्धत पुग्ने भन्दै नेपकेयरको सूरुवात गरेको उनले बताए । स्वास्थय मानिसको सबै भन्दा ठुलो धन हो । पछिल्लो समय नेपालको हकमा स्वास्थ्य क्षेत्रमा धेरै बिकृतीहरु प्नि देखा परेका छन् । स्वास्थ्य क्षेत्रमा देखीएका बिकृतीहरुलाई निराकरण गर्द स्वास्थ्यलाई सर्वसुलभ बनाउने आफ्नो योजना रहेको उनी सुनाउछन् । सहज स्वास्थ्य सेवालाई नेपालमा पनि अझ सर्वसुलभ रुपमा कसरी बिस्तार गर्न सकिन्छ भनेर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । उनले संचालन गरेको नेपकेयरले कुनै पनि स्वास्थ्य सम्बन्धी समस्यामा सम्बन्धीत बिशेषज्ञ चिकीत्सकको परामर्श सहित प्राथमिक उपचार पद्धती सम्मको जानकारी लिन सकिने उनी बताउछन् । नेपकेयरले संचालन गरेको डिजिटल स्वास्थ्य सुविधा कार्यक्रम मार्फत बिशेषज्ञ चिकित्सक सहितको टोलीबाट स्वास्थ्य सम्बन्धी ज्ञान पाउनुका साथै हरेक दिन २४ घन्टा कुनै पनि स्वास्थ्य समस्या भएका नेपकेयर मार्फत सल्लाह, सुझावका साथै तत्काल घरेलु उपचारको विधिीको बारेमा जानकरी दिइने उल्लेख गरेका छन् । इन्टरनेट टेलिफोन अभियान जस्ता उपलब्ध माध्यमबाट आगामी १० बर्ष भित्र नेपालका बिशेषगरी ग्रामिण क्षेत्रका सबै नागरीकलाई निशुल्क आधारभुत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाई छ । नागरीकलाई निशूल्क रुपमा स्वास्थय सेवाको मूल्याङ्ककन गर्ने प्रणालीको सुरुवात गर्न उनले एक टोलीको समेत गठन गरेका छन् । स्वास्थ्य सेवामा देखिएका बिकृतीको निराकरणका लागी धरातलबाट नै काम गर्नू पर्ने उनको अनुभव छ । नेपालको ग्रामिण स्वास्थ्य बाट सुरु भएर सहरहरुमा स्वास्थ्य क्षेत्रकोे वास्तवीक अवस्था पत्ता लगाउनु अहिलेको महत्वपुणर् योजना रहेको उनको भनाई छ । रुपन्देहीको बुटवलबाट संचालन भएको नेपकेयरले बिशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थय सेवाको पहँुच बिस्तार गर्ने गरी सेवाको प्रारम्भ गरेको नेपकेयरका कार्यकारी निर्देशक मनोज पन्तले बताए । बुटवल क्षेत्रमा लामो समय देखी स्वास्थ्य सस्थामा काम गर्ने क्रममा आफुले स्वास्थ्य सेवाको बिकृती कसरी अन्त्य गर्न सकिन्छ भनेर खोज गर्दै जाने क्रममा गुभाजुसँगको सहकार्यमा नेपकेयर संचालनमा ल्याएको उनको भनाई छ । बुटवलमा रहेर संचालीत नेपकेयर सोलुसनको माध्यबाट जानकारी पाउनुका साथै बिशेषज्ञ चिकित्सक बाट सेवा लिन सकिने उनको भनाई छ । बुटवलको मैत्री पथमा संचालीत मंगलम पोली क्लिनक मार्फत पनि हामीले बिरामीलाई सम्बन्धीत चिकित्सक सँग भेट तथा सोझै परामर्श पनि गराउन सक्छौ उनको भनाई छ । डिजिटल स्वास्थय सुबिधा कार्यक्रमको माध्यमबाट अब कुनै पनि स्वास्थ्य समस्याको सम्बन्धीत विज्ञ सँगको सहज परामर्श बाट उपचारको सुविधा पाउन सकिने छ । बजारमा अन्य कुनै पनि सेवा लिनको लागी छनौटको सुविधा भए पनि स्वास्थय सेवामा कुन अस्पताल, चिकित्सक जस्ता छनौटको परामर्शको अभाव हुदाँ स्वास्थ्य जस्तो संवेदनशील बिषयमा जनता ठगिनु परेको भन्दै उनले नेपकेयरको मार्फत आम नागरीकलाई स्वास्थ्य सेवामा थप जानकारी प्रदान गर्दै सर्व सुलभ सेवा पाउने अवसरको सृजना गरीने उनको भनाई छ । उनी भन्छन “ गुणस्तरीय स्वास्थ्य, आधारभुत स्वास्थ्य सेवाहरु जुनसुकै उपलब्ध माध्यमबाट प्रत्येक व्यक्तिको पहँुचमा हुनु पर्छ भन्ने मान्यताको साथमा नेपकेयर संचालनमा आएको हो । ” स्वास्थ्य क्षेत्रमा अपनाइएका सुचना प्रविधिको प्रयोगबाट प्राथमिक स्वास्थ्य, घरेलु स्वास्थ्य सँगै मानसिक स्वास्थ्य सँग सम्बन्धी मनो परामर्श लगायतका सेवाहरु पनि लिन सकिने छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij