तिलोत्तमा
रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरी आफ्नै होटलमा झुण्डिएको अवस्थामा सोमबार राति करिब १ बजे फेला परेकी छन् ।
उनलाई राति २ बजे क्रिमसन अस्पताल मणिग्राममा पु¥याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।मृतकका मामा अमृत गिरीले सुविना झुण्डिएको भनिए पनि माइती पक्ष र आफन्त कसैले नदेखेकाले शंकास्पद रहेको बताए ।
मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् ।
माइती पक्षले भने कुटपीट गरेर हत्या गरी झुण्डिएको बहाना बनाएको दावी गरेका छन् । मृतककी फुपू क्षमा गिरीले शरीरभरि नीलडाम भएकाले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्