बुटवल-बुटवलको तिनाउ खोलाको बाढीले बगाएको ल्याएको शवको पहिचान खुलेको छ । प्रगतिनगरमा फेला परेको शव बुद्धनगरका ६५ वर्षिय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको छ । उनी मध्यराती खालामा किन र कसरी गए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । प्रहरी र स्थानीयको सक्रियतामा शव नदीको किनारमा ल्याईएको छ । मृत्युको कारण पोष्टमार्टम र अन्य अनुसन्धानपछि मात्र खुल्न सक्ने डीएसपी केसीले बताए ।
प्रकाशित मिति : सोमबार, असार ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्