आज अन्तर्राष्ट्रिय योग दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै – आज विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्ष ‘मानवताका लागि योग’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको  आह्वानमा सन् २०१५ देखि हरेक वर्षको जुन २१ तारिखमा विश्वभर योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ  महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले दिवसको घोषणा गर्न पहिलो पटक प्रस्ताव गर्नुभएको थियो ।

यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य देशले समर्थन गरेका थिए । नेपालमा २०४८ साल चैत १५ गतेदेखि काठमाण्डौको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो ।

आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई महत्त्व दिन्छ । तर योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र अध्यात्मिकतामा महत्त्व दिँदै आएको छ ।

हाम्रो सामाजिक र सांस्कृतिक जीवनशैलीसँग जोडिएका वास्तुकला, चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति पाइन्छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले योगलाई हाम्रो शिक्षाको अङ्गका रूपमा विकास गर्दै यसबारे हुने अध्ययन अनुसन्धानलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : मंगलबार, असार ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij