बुटवल । आर्ट अफ लिभिङ नेपाल बुटवलले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा मानव जीवनका लागि योग भन्ने आह्वानसहित सामुहिक रूपमा योग (ब्यायाम) गरेर अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । साधनाका लागि योग, ध्यान गरेर जीवन स्वस्थ्य राख्न र हरेक काममा सफलता प्राप्त गर्नका लागि योग महत्त्वपूर्ण रहेको कार्यक्रमका वक्ताले वताएका छन् ।

कार्यक्रमको सुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले बुटवलमा योग र आयुर्वेदको विकासका लागि जोड दिने बताए । उनले योगको विकासका लागि बुटवलको वडा नम्बर ७ को दिपनगर, ११ को प्रगतीनगर र १२ नम्बर वडाको तामनगरमा गरी ३ ठाउँमा दश–दश कट्ठा जमिनमा ध्यानकेन्द्र वनाउने योजना अगाडि बढाइएको वताउँदै यही असार मशान्त भित्र काम सुरु हुने जानकारी दिए ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक सुरेन्द प्रसाद मैनाली योगा सबैको लागि महत्त्वपूर्ण रहेको बताउँदै यो राम्रो औषधि भएकोले यो सबैका लागि आवस्यक रहेको चर्चा गरे । उनले यसका लागि ठूलो ठाउँ पनि नचाहिने बताउँदै यस्ले व्यक्ति, परिवार समाज सबैलाई समेटने बताए ।

प्रशिक्षक मनोज सापकोटाले सुख भौतिक सुबिधाबाट प्राप्त हुन्छ भनि खुसी आध्यात्मज्ञानबाट प्राप्त हुने हुँदा आध्यात्मज्ञानका लागि योगा आवस्यक रहेको बताए ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । पछिल्लो समय आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुँदै गएका छन् ।
कार्यक्रममा आर्ट अफ लिभिङ बुटवलका भारती जोशी, विन्ध्या केसर जोशी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल प्रसाद कसजसु, महासचिव बिमलराज भट्टराई, प्रशिक्षक यम प्राद पोखरेल, अनन्त थैव, रेशम पाण्डे लगायतको सहभागिता रहेको थियो
प्रकाशित मिति : मंगलबार, असार ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्