न्यायाधीश र वकिलबीच १० करोड लेनदेन गर्ने अडियो सार्वजनिक भएपछि न्यायपरिषदको बैठक बोलाइयो

न्यायाधीश र वकिलबीच १० करोड लेनदेन गर्ने अडियो सार्वजनिक भएपछि न्यायपरिषदको बैठक बोलाइयो

काठमाडौं – कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रुपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउसो साढे १ बजे बैठक छ भनी सबै सदस्यहरुलाई खवर गरिएको हो ।

‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो’ परिषदका एक सदस्यले भने, ‘एजेण्डावारे बताइएको छैन ।’

अर्का सदस्यका अनुसार, काठमाडौंका न्यायाधीश राजकुमार कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको हो ।

न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाविचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको छ ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।

न्यायपरिषदका एक सदस्यले भने, ‘त्यस्तो गम्भीर विषय सार्वजनिक भएपछि छलफल गर्न बैठक डाकिएको हो ।’

प्रकाशित मिति : बुधबार, असार ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij