JanataToday.com

Advertisment

SKIP THIS

एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईलाई

एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईलाई

UAE Chaya Mughal celebrates the key wicket of her opposite number, Winifred Duraisingham, in the final of the ACC Women's T20 Championship against Malaysia in Kuala Lumpur. Photo: Malaysia Cricket Association

काठमाण्डाै – एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले जितेको छ । मलेसियाको किनरारा मैदानमा आज भएको फाइनल खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै यूएईले उपाधि जितेको हो ।

मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य यूएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । यूएईका थिर्था सतिसले ५५ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै खुसी शर्मा १३ रनमा अविजित रहिन् ।

मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले एक/एक विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको थियो । उसका एन्ना हसिमले अविजित २८ रन तथा नुर अरिनाले २५ रन जोडे ।

वान जुलियाले २० रन बनाइन् । यूएईका इन्धुजा नन्दकुमारले २ विकेट लिइन् । हिजो भएको सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा यूएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

वर्षा बाधक हुँदा नेपाल बाहिरिएको थियो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, थाइल्यान्ड, मलेसिया र यूएई हुनेछन् ।

प्रकाशित मिति : शनिबार, असार ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij