देवदह
रुपन्देहीको देवदहमा नियोन युवा क्लवको पुर्नगठन भएको छ । देवदह नगरपालीक वडा नम्बर ७ स्थित जागृति नगर टोल बिकास सस्थाको पहलमा देवदहको जागृतीनगरमा युवा क्लवको गठन भएको हो ।
बिक्रम सम्वत २०६५ सालमा स्थापना भएको क्लवले लामो समय देखी नेतृत्व पाउन नसक्दा निष्क्रिय जस्तै भएको थियो । जागृतीनगर टोलबिकास सस्थाको पहलमा आज भएको युवाहरुको भेलाले युवराज पाण्डे ( शिव ) को अध्यक्षतामा क्लवको पुर्नगठन गरेको हो ।
क्लवको उपाध्यक्षमा प्रतिमा न्यौपाने, सचिवमा प्रदिप न्यौपाने, कोषाध्यक्षमा बिबेक भण्डारी निर्वाचित भएका छन् । यस्तै क्लवका उप सचिवमा दिपक खरेल सह कोषाध्यक्षमा सुस्मिता रेग्मी निर्वाचित भएका छन् । क्लवको सदस्यहरुमा दिपेन्द्र सापकोटा, अंकिता पाण्डे, विशाल पाण्डे, डेनिश अधिकारी, सुरज पौडेल, परिर्वतन सुवेदी, अनुषा पाठक, बिशाल सुवेदी, कुशल पौडेल, आर्जु रेग्मी र सिद्धान्त थापा निर्वाचित भएका छन् ।
जागृतीनगर टोल बिकास सस्थाका अध्यक्ष मुक्ति कार्कीको बिशेष पहलमा पुर्न गठन भएको क्लवको आजै सम्पन्न भएको पहिलो बैठकले जागृती नगरमा सडक बत्तिको जडान गर्ने निर्णय गरेको छ । भेलालाई स्थानीय समाजसेवी तथा क्लवका सस्थापक सुरज अधिकारी, समाजसेवी गंगा अधिकारी, क्ल्वका सल्लाहकार हेम प्रसाद खनाल लगायतले शुभकामना दिदै आगमी दिनमा क्ल्वले जागृतीनगर टोलमा युवा लक्षीत विभिन्न रचनात्मक कार्यक्रमहरु गर्न सुझाव दिए । जागृतीनगर टोल बिकास सस्थाका सचिव सुदिप पौडेलको संचालनमा भेला सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शनिबार, असार ११ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्