लुम्बिनीकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनीकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

काठमाडौं – लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्।

 

उनले राजीनामा स्वीकृत भइसकेकाे माओवादी केन्द्रका नेता सुदर्शन बरालले  जानकारी दिए।

उनी पछिल्लो समय विवादमा आएकी थिइन्। वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन्।

सो घटनाबारे छानविनको लागि प्रदेश सरकारले समितिसमेत गठन गरेको थियो। प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राज्यमन्त्री ओलीको विषयलाई लिएर सरकारले जवाफ दिनुपर्ने भन्दै प्रदेशसभासमेत अवरोध गरेको थियो। राजनीतिक सहमतिपछि पुन प्रदेशसभा नियमित हुँदै आएको छ।

प्रकाशित मिति : बुधबार, असार १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij