दाङ ।
नियमित वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ। हुलाकी राजमार्ग अन्तरगत गढवा–राजपुर सडक खण्ड अन्तरगत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट भासिएको छ।
पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन्। सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ।हुलाकी सडक अन्तरगत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन्। अहिले पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदीसम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो।
प्रकाशित मिति : शनिबार, असार २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्