कपिलवस्तुमा पनि देखियोे ‘नाइरोबी फ्लाई’को संक्रमण

कपिलवस्तुमा पनि देखियोे ‘नाइरोबी फ्लाई’को संक्रमण

कपिलवस्तु ।

देशका विभिन्न जिल्लामा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण पुष्टि भएका समाचार आइरहेका बेला यता कपिलवस्तुमा पनि यसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न ठाउँका मानिसहरुमा यसको असर देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । हालसम्म यसका संक्रिमित विरामी भने यकिन नरहेको उनले बताए । उनले सचेत रहन समेत आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लामा पनि नाइरोबी फ्लाईको कारण छालामा फोका उठ्ने तथा छाला रातो हुने समस्या देखिएको जनाएको छ । यो किराले नटोके पनि यसको शरीरमा हुने झुसमा हुने रसायनले गर्दा छाला पोल्ने, रातो हुने र फोका उठ्ने हुन्छ । स्वास्थ्य कार्यालयले यस्तो किरा कतै देखिएमा नछुन आग्रह गरेको छ भने रातिमा सुत्ने बेलामा झुल लगाएर मात्र सुत्न आग्रह गरेको छ ।

प्रकाशित मिति : आइतबार, असार २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij