कपिलवस्तु
कपिलवस्तुमा पम्पसेट मेशिनमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका ८ बिसनपुर बस्ने महमद जोलाहा अन्सारीको ७७ बर्षकी श्रीमती मजबुन निसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
आज दिउँसो करिब पौने २ बजेको समयमा बारीमा जडान गरेको जमिनबाट पानी निकाल्ने पम्पसेट मेशिन चलाई नुहाउने क्रममा अचानक मेशिनमा पर्न गई मृत्यु भएको प्रहरीले बताए ।
सो घटनाको अनुसन्धान कार्य भईरहेको कपिलवस्तु प्रहरीले मायादेवीलाई जानकारी दिएको छ ।
प्रकाशित मिति : बिहिबार, असार ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्